‘दुखी आत्मा’मा दयासँग आँचल
screennepal
प्रकाशित: २०८०, १६ माघ मंगलवार
no img

काठमाडौं । लेखक,निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’ मा हिरोइन को होला ? भन्ने कौतुहलता मेटिएको छ । निर्माण ब्यानर क्लक वर्क कृएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको छ ।

स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।

आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार,प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

Comments