एक नम्बर ट्रेन्डिङमा राजु मास्टरको ‘सकस’ (सिरियलसहित)
screennepal
प्रकाशित: २०८०, २९ पुष आईतवार
no img

काठमाडौं । राजु पौडेल ‘राजु मास्टर’को लेखन, निर्देशन र अभिनय रहेको नेपाली टिभी सिरियल ‘सकस’लाई दर्शकले रुचाएका छन् । नौ भागसम्म प्रसारण भएको यो सिरियलको अन्तिम एपीसोड युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा छ ।

सिरियलको नवौं अंक २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो । शनिबार बेलुका मास्टर टीभी नाम युट्युब च्यानलबाट प्रसारण भएको यो सिरियल आइतबारदेखि ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो । २४ घण्टामा नवित्दै यो अंक चार लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ ।

सामाजिक कथाको यो सिरियलको अघिल्लो एपीसोडहरू पनि युट्युब ट्रेन्डिङमा पर्दै आएका थिए । समाजको कथा टिपेर बनाइएको यो सिरिजमा परिवारभित्रको संवेदना र प्रेम बुनिएको छ ।

सिरिजमा राजु मास्टरसहित लक्ष्मीनाथ तिमिल्सिना, तारा केसी, लोकेन्द्र लेखक, दीपक शर्मा, कमला रेग्मी, अशोक सिवाकोटी, विश्वदीप घिमिरे, अनिता बस्नेत, कृष्ण रेग्मी, सविना आचार्य लगायतको अभिनय छ ।

राजु मास्टरले खेलेका ‘मेरी बास्सै’, ‘हल्का रमाइलो’, ‘जुठे’ लगायतका सिरियलका पात्र हिट छन् । ‘मेरी बास्सै’मा उनले निर्वाह गरेको राजु मास्टर पात्र अझै लोकप्रिय छ । उनी ‘जुठे’का लेखक तथा निर्देशक र कलाकार पनि हुन् ।

Comments