अनेसास सिकागो च्याप्टर अध्यक्षमा प्रदेशी
screennepal
प्रकाशित: २०८०, २२ पुष आईतवार
no img

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिकागो च्याप्टरको अध्यक्षमा भिम राई ‘प्रदेशी’ निर्वाचित भएका छन् । हालै सम्पन्न तेस्र्रो साधारण सभाले गीतकार भिमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले सन् २०१७ मा स्थापना भएको अनेसासले नेपाली भाषा र साहित्यिक उत्थानका लगि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । भिमको अध्यक्षतामा गठित अनेसास सिकागो च्याप्टरको अन्य पदाधिकारीहरुमा लक्ष्मण न्यौपाने वरिष्ठ उपाध्यक्ष, गोपाल जिसी उपाध्यक्ष, तुलसी मैनाली सभिव र मीनादेवी पाण्डे कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सारदा गौतम, निरज श्रेष्ठ, यादव न्यौपाने, भोजराज पाठक, समुद्र वास्कोटा, कृष्ण उप्रेती, दुर्गा घिमिरे, मञ्जु ढुंगाना र चन्द्रा न्यौपाने रहेका छन् ।

Comments