स्क्रिनमा माल्भिकाको कम्ब्याक
screennepal
प्रकाशित: २०८०, २० पुष शुक्रबार
no img

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा स्क्रिनमा कम्ब्याक भएकी छन् । पहिलो सन्तानको आमा बनेपछि अभिनय क्षेत्रबाट टाढा भएकी माल्भिका म्युजिक भिडियोमार्फत कम्ब्याक भएकी हुन् । माल्भिका अभिनीत ‘ठूलो चाह छैन मेरो’ बोल गीतको नयाँ म्युजिक भिडियो शनिबार सार्वजनिक हुँदैछ ।

वाईके फिल्मको प्रस्तुती रहेको ‘ठूलो चाह छैन मेरो’ गीतको भिडियोलाई चर्चित निर्देशक युगल पोमू लिम्बूले निर्देशन गरेका हुन् । प्रताप दास र ममता हिङमाङले गाएको यस गीतको भिडियोमा माल्भिका र योगेश लामाको अनस्क्रिन रोमान्स देख्न सकिनेछ ।

दुर्लभ जन्तरेको शब्दरचना र राजु सेन्चुरीको संगीत रहेको यस गीतको भिडियोलाई हङकङको रमणीय डाँडा काउलङ पिकमा छायाँकन गरिएको छ । हङकङमा यो स्थान हाईकिङका लागि चर्चित छ । यस भिडियोलाई शनिबार आफ्नो अफिसियल युट्युब च्यानल वाईके फिल्मबाट सार्वजनिक गर्ने निर्देशक युगलले बताए । युगल हङकङमा बसेर पनि म्युजिक भिडियो निर्देशनमा व्यस्त रहँदै आएका छन् ।

Comments