यस्तो देखियो लक्ष्मण-लक्ष्मीको अनस्क्रिन रोमान्स (भिडियो)
screennepal
प्रकाशित: २०८०, १७ पुष मंगलवार
no img

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन–३ का फाइनलिष्ट गोविन पुनले आफ्नो नयाँ सांगीतिक सौगात ’जुनी भरीलाई’ सार्वजनिक गरेका छन् । युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द धर्मेन्द्र पुर्जाको रहेको छ भने संगीत स्वयम् गायक पुनको रहेको छ । गीतलाई कमल रानाले संगीत संयोजन गरेका हुन् ।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन् । मिंग्मा शेर्पाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ’बेजिला फिल्म्स’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि कलाकारिता र निर्देशनमा सक्रिय लक्ष्मण पुन लक्स मिस्टर इन्टरनेशनल २०१० का विजेता समेत हुन् । स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा ६ वटा भिडियोमा अभिनय गरेका पुनले चर्चित अभिनेत्री नम्रता श्रेष्ठ, दिया मास्के, विनिता बरालसंग सहकार्य गरिसकेका छन् ।

नेपाली चलचित्र ‘डु यु लभ मी’मा मुख्य भूमिकामा काम गरेका पुनले बिरेन्द्र हमालबाट अभिनयको प्रशिक्षण समेत लिएका थिए । थुप्रै चर्चित गायकहरुको भिडियोहरुमा अभिनय गरेका पुन अभिनयको अलावा भिडियो सम्पादन र निर्देशनमा समेत अब्बल छन् । यसअघि पुनको अभिनयमा रहेको ’अलि अलि’ बोलको म्युजिक भिडियो दर्शक स्रोतामाझ लोकप्रिय छ ।

https://www.youtube.com/watch?v=gDp1pmRM-18
Comments