‘एउटै बर्को पिरतीको आधा-आधा ओढौँ’ (भिडियो)
screennepal
प्रकाशित: २०८०, ८ पुष आईतवार
no img

काठमाडौं । गायक सुरेश लामा र गायिका मनु दाहालको स्वरमा रहेको नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको छ। ‘एउटै बर्को पिरतीको आधा आधा ओढौँ’ बोलको गीतमा शब्द किरण के. उप्रेतीको र संगीत नबिन कार्कीको रहेको छ। रोमान्टिक गीतमा संगीत संयोजन बिशाल निरौलाको रहेको छ।

गायकीमा राम्रो सम्भावना बोकेकी मनुको गीत सार्वजनिक भएको केही दिनमा नै दर्शक श्रोताको नजरमा परिसकेको छ। युट्युबमा राम्रो प्रतिक्रियाको साथ भिडियोको भ्युज पनि बढी रहेको छ।

मनोज राजभण्डारीले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन्। रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन मित्र डी. गुरुङको रहेको छ। सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ। भिडियो गायिका मनु दाहालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Comments