भिडियोमा हेरौँ कमला मगरको पिरती
screennepal
प्रकाशित: २०८०, २ पुष सोमबार
no img

काठमाडौं । नवोदित गायिका कमला मगरले आफ्नो पहिलो गीति एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छन् । यो गीतको भिडियोलाई कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ । यो गीतलाई रमेश परियारले लेखेका हुन् । यसमा संगीत पनि रमेश परियारकै रहेको छ ।

‘यो मेरो पिरती’ गीतलाई माया प्रेम र नेपाली मौलिक नको प्रेमील रुपमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोमा पुष्प खड्का र कबिता नेपालीले अभिनय गरेका छन् ।

भिडियोलाई मौसम हिमालीले कोरियोग्राफर तथा निर्देशन गरेका हुन् । यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
गोरखा ४ आरुघाट गाउँपलिकामा २०५५ सालमा जन्मीएकी मगरले यसअघि थुप्रै कार्यक्रममा गीत गाएकी छन् । तर, उनको यो नै पहिलो रेकर्ड भएको गीत हो । आफ्नो पहिलो गिति एल्बम भएकाले दर्शक स्रोतालाई सकरात्मक प्रतिकृया दिन आग्रह गरेकी छन् ।

https://www.youtube.com/watch?v=SKkwEvq3Nv8
Comments