सज्जा चौलागाईको ‘किनाराको ढुंगा’ (भिडियो)
screennepal
प्रकाशित: २०८०, २० मंसिर बुधबार
no img

काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएकी गायिका सज्जा चौलागाईको नयाँ गीत ‘किनाराको ढुंगा’ सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ ।
भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छन् । भिडियोको निर्देशन गायकसमेत रहेका अनुप रेग्मीले गरेका हुन् ।

निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप । गायनको क्षेत्रमा एकपछि अर्को सृजना लिएर बजारमा आइरहेका बेला उनले आफ्नै निर्देशनमा किनाराको ढुंगा बोलको गीतको भिडियो बजारमा ल्याएका हुन् ।

रेग्मीको स्वरमा नै रहेको अर्को नयाँ गीतको भिडियो रिलिजको क्रममा रहेको छ । सार्वजनिक भिडियोमा किनाराको ढुंगामा शुशिल बिक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

Comments