मोडलिङमा जम्दै अदिती
screennepal
प्रकाशित: २०८०, १५ मंसिर शुक्रबार
no img

काठमाडौं । पछिल्लो समय अदिती श्रेष्ठ मोडलिङमा जम्दै आएकी छन् । उनै अदितीद्वारा अभिनीत नयाँ म्युजिक भिडियो ‘तिमी हाँस’ सार्वजनिक गरिएको छ । सुजन शाहीको स्वर रहेको गीतको भिडियोमा अदितीसँगै उमङ्ग राउतलाई देख्न सकिन्छ ।

सुशान्त पुडासैनीको निर्देशन रहेको यस गीतको भिडियोमा प्रेम प्रेमिकाको मायालाई मुख्य विषय बनाइएको छ । एउटा प्रेमीले आफ्नो प्रेमीकाले गर्ने साथ र मायाका विभिन्न क्रियाकलापलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

थुप्रै ब्युटी प्याजेन्ट र स्टेज शोहरुमा आफ्नो कला देखाइसकेकी अदिती मोडलिङ र पढाइलाई सँगसँगैै अगाडि बढाउने सोचमा छिन् । घरपरिवारको सहयोगका कारण उनलाई यो क्षेत्रमा आउन सहज भएको उनको भनाइ छ ।

Comments