यस्तो छ हवाइ सुन्दरी कृजनाको उडान अनुभव (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७७, ४ मंसिर बिहीबार
no img

काठमाडौं, ४ मंसिर । अधिकांश युवतीको एकपटक एयर होस्टेस बन्ने सपना हुन्छ । तर, थोरैको मात्र सपना पूरा भएको हुन्छ । तीमध्येकी एक हुन्, कृजना डंगोल ।

सानो हुँदा आकाशमा हवाइजहाज उडेको देख्दा लाथ्यो, ‘यसरी आकाहमा उड्न पाए कस्तो हुन्थ्यो होला ।’ त्यसपछि उनले उद्देश्य लिइन्, ‘एक दिन म पनि यसैगरी उड्नेछु ।’ कृजनाको त्यो सानो छँदाको सपना पूरा भएको छ । उनी दुई वर्ष यता एयर एसियामा एयर होस्टेसका रुपमा कार्यरत छिन् । उनी करिब १० घण्टासम्म आकाशमा उड्छिन् ।


‘मेरो अकाशमा उड्ने सपना पूरा भएको छ’ दुई वर्षदेखि ‘एयर एसिया’मा एयर होस्टेसको रुपमा कार्यरत कृजनाले सुनाइन् । एयर एसिया मलेसियन एयरलाइन्स हो । त्यसैले बढीजसो मलेसियामै बस्दै आएकी कृजना कोरोना महामारीका कारण नेपाल आएकी हुन् । कोरोना संक्रमणको महामारी र त्यसले निम्ताएको लकडाउनका कारण एयरलायन्सले फ्लाइटमा कटौती गरेपछि विदामा आएकी कृजना भन्छिन्, ‘सामान्य अवस्था आएपछि फेरि जान्छु ।’

एयर होस्टेस भएपछि कृजनाले विश्वमा १० भन्दा बढी मुलुक देखिसकेकी छन् । एयर एसियाले उडान भर्ने मुख्य मुलुकहरु अमेरिका, अष्ट्रेलिया, चीन, जापान, कोरिया, इण्डोनेसिया, भारत, जापानलगायत हुन् । ती देशमा कृजनाले पुगिरहेकी हुन्छिन् । उनले पहिलो व्यवसायी उडान नै अष्ट्रेलियाको गरेको बताइन् । कृजनालाई आनन्द लाग्ने पनि अष्ट्रेलिया फ्लाइट गर्दा नै हो । कृजनाले फ्लाइट अनुभव सुनाउँदै भनिन्, ‘मलाई अष्ट्रेलिया फ्लाइट गर्दा आनन्द लाग्छ ।’
भक्तपुर लोकन्थलीकी कृजना ‘मिस नेवा–२०१७’मा सहभागी भएपछि मोडलिङमा होमिएकी हुन् । त्यही वर्ष ‘मिस भक्तपुर’मा सहभागी भएर ‘सेकेण्ड रनरअप’ उपाधि जितेकी कृजनाको उद्देश्य भने एयर होस्टेस बन्नु नै थियो । फ्लाईटेकमा एयर होस्टेसको टे«निङ गर्दा गर्दै एयर एसियामा जागिरका लागि आवेदन दिएकी कृजना भन्छिन्, ‘भाग्यवस नाम निस्क्यिो । त्यसपछि मेरो एउटा सपना पूरा भएको फिल भयो ।’

एयर होस्टेसबाहेक कृजना मोडलिङमा पनि रुचि राख्छिन् । तेक्वान्दोका ब्ल्याक बेल्टसमेत रहेकी कृजना भन्छिन्, ‘एयर होस्टेज छ छँदैछ, त्यसबाहेक मलाई मोडलिङमा पनि रुचि छ ।’ आफूले भनेजस्तो भिडियोमा अफर आएमा भिडियोमा काम गर्न तयार रहेको उनले सुनाइन् ।

Comments