ख्यालख्यालैमा दर्पण र प्रशंसाको ‘माया यस्तो…’ (भिडियो)
screennepal
प्रकाशित: २०७७, १९ कार्तिक बुधबार
no img

Darpan & Prasangsha

काठमाडौं, १९ कार्तिक । लभ सङ ‘माया यस्तो बनोस्’ सार्वजनिक भएको छ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकार दर्पण राईको यो पछिल्लो गीत हो । प्रेमिल गीत लेख्न खप्पीस गीतकार दर्पणले यस गीतमा पनि मायाकै कुरा गरेका छन् । त्यतिमात्रै नभएर उनी भिडियोमा समेत मोडल प्रशंसा रायमाझीसँग रोमान्स गरेका छन् ।
मोडल तथा गायिका सम्झना राई र विक्रम राईको स्वर रहेको यस प्रेमिल गीतको भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । गीत मीठासजस्तै निर्देशक चाम्सले भिडियोलाई पनि प्रेमिल बनाएका छन् ।
फिल्मीशैलीमा निर्माण गरिएको यो भिडियोलाई दर्शक तथा श्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ । भिडियोमा गीतकार दर्पण र मोडल प्रशंसाको जोडी गज्जब देखिएको छ । एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन् । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।

https://www.youtube.com/watch?v=ylLJnDX6t5w
Comments