समयको माग : ज्यान बनाउँदै रेखा
screennepal
प्रकाशित: २०७७, २७ असार शनिबार
no img

भनिन्छ, ‘जमाना अनुसार चल्न जानेन भने पछि परिन्छ । यतिखेर अभिनेत्री रेखा थापालाई यस्तै अनुभव भएको हुनसक्छ । त्यसैले उनी हिजोआज ज्यान बनाउन थालेका छन् ।
फिल्म निर्मात्री तथा निर्देशकसमेत रहेकी अभिनेत्री रेखा पछिल्लो समय ज्यान बनाउन जोडतोडका साथ लागि परेकी छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरमा फिटनेश गरिरहेकी देखिन्छिन् । यसको मतलव उनी आफ्नो तौल घटाउन चाहन्छिन् । रेखा नयाँ फिल्म निर्माणमा जुटेकी छन् । आगामी भदौबाट फ्लोरमा जाने भनिएको फिल्ममा अभिनेता सौगात मल्ल छनोट भइसकेका छन् भने अन्य कलाकारको पनि टुंगो ललगाउन बाँकी रहेको रेखाले बताएकी छन् ।


लकडाउनका कारण जीम खाना जान नपाएकी रेखाले घरमै एक्सरसाइज मास्टर बोलाएर शरीरलाई व्यालेन्समा ल्याइरहेकी छन् । रेखालाई विज्जुले एक्ससाइज गराइरहेका छन् । उनी रेखाको पर्सनल ट्रेनर हुन् । रेखाले सार्वजनिक गरेको तस्बिरहरुमा आफ्नो पर्सनल ट्रेनरसँग व्यायाम गरेको देखिन्छ । ट्रेनरले उनलाई काँधमा हात राखेर हावामा आफ्नो शरीर उडाएकी छन् ।
रेखाले ट्रेनरलाई उचालेको तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘हामीले केही गर्दा, सोच्दा, बोल्दा, खाँदा वा फिल गर्दा पनि ब्यालेन्स हुन जरुरी रहन्छ । यसैले हामीलाई माथि पु¥याउने, स्वस्थ्य रहनुस्, सकारात्मक रहनुस् ।’

Comments