डेढ महिनाअगावै धमाधम तीज गीत
screennepal
प्रकाशित: २०७७, २३ असार मंगलवार
no img

तीज आउन अझै धेरै छ । तर बजारमा तीज गीत धमाधम आउन थालेका छन् । यसैक्रममा ‘आयौं चेली माइती सम्झेर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द घनश्याम ओली र संगीत दिपक शर्माको रहेको छ । गीतमा रचना रिमाल, एलिना चौहान र समिक्षा अधिकारीको स्वर रहेको छ ।
यस गीतको भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् ।

Comments