ब्लक ‘जे’मा सम्हालिँदै बेनिशा
screennepal
प्रकाशित: २०७७, ४ बैशाख बिहीबार
no img

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट शिल गरिएको छ । एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अपार्टमेन्टभित्र त्राशको वातावरण छ । जहाँ नेपाली फिल्मकी अभिनेत्री बेनिशा हमाल पनि त्यही अपार्टमेन्टमा बस्दै आएकी छन् । मंगलबार उक्त अपार्टमेन्टमा एक किसिमको सन्नाटा छाएको थियो । तर, बुधबार अपार्टमेन्टको ब्लक ‘ए’मा बस्ने तीन सय जनाको रिपार्ट ‘नेगेटिभ’ भएपछि केही राहत र खुसी छाएको छ ।
अभिनेत्री हमालले जब अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पोजेटिभ भएको खबर सुनिन्, तब उनी मानसिकरुपमा तनावमा परिन् । यो कुरा उनले केही पत्रकारसँग बताएकी छन् । ‘म अहिले मन सम्हालेर बसेको छु’ उनले भनिन् । उनी ‘जे’ ब्लकमा बस्दै आएकी छन् । संक्रमण ‘ए’ ब्लकमा देखिएको हो । लकडाउन सुरु हुनुभन्दा पहिले भारतबाट फर्केकी बेनिशा १५ दिन आइसोलेसनमा बसेकी थिइन् ।
बेनिशाका अनुसार केस देखिनुअघि प्रत्येक दिन बिहान ८ बजे भन्दा अगाडी किनमेल गर्न बाहिर जान पाउने नियम थियो । उनी पनि २–३ पटक किनमेलको लागि बाहिर निस्केकी थिइन् । ‘हिजो बेलुका ६ बजेदेखि लक्डमा छ, यहा“ बस्नेहरू सबैजना मानसिक त्रासमा हुनुहुन्छ । तर, प्रहरी र स्थानीय तहले राम्रोस“ग अनुगमन गरिरहनुभएको छ’ उनले भनेकी छन्, ‘अहिले हामीहरु अनुशासित भएर नियम फलो गर्दै बसिरहेका छौँ ।’
अहिले अपार्टमेन्टभित्र स्यानिटाइज गर्ने काम पनि भइरहेको छ । अपार्टमेन्टबाहिर प्रहरी तैनाथ गरिएको छ । संक्रमण देखिएको खबर आएपछि आफ्ना थुप्रै प्रसंशकले फोन गरेर हौसला दिएको बेनिशाले बताइन् ।

Comments