धरानमा रुचाइयो ‘केःसाङ्ला’
screennepal
प्रकाशित: २०७६, २७ फाल्गुन मंगलवार
no img

लिम्बु समुदायको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’ धरानमा रुचाइएको छ । फिल्ममा लिम्बु युवायुवतीबीच हुने माया प्रेम र तानेर विवाह गर्ने चलनलाई प्रस्तुत गरेको छ ।
यो फिल्म धरानस्थित गोर्खा सिनेप्लेक्समा विशेष प्रदर्शनी गरिएको थियो । जहाँ दर्शकले फिल्म रुचाएको फिल्मका निर्देशक लोकेन साँवाले बताए ।
तेह्रथुमे धरान तुम्बाहाङ्फे समाजको आयोजना तथा याक्थुङ सिंगक फाउन्डेसन र आर स्क्वायर कलेक्सनको संयोजनमा ‘केःसाङ्ला’ धरानमा प्रर्दशन गरिएको थियो ।
फिल्म प्रदर्शनीमा कलाकार तथा निर्देशक प्रेम सुब्बा, नृत्य निर्देशक गोविन्द राई, फिल्मका नायक तथा निर्माता भीम तुम्बाहाङ्फे, निर्देशक साँवालगायत उपस्थित थिए ।
चोक्फुङ इन्टरटेमेन्ट प्रालिको ब्यानरमा बनेको ‘केःसाङ्ला’ यसअघि काठमाडौंलगायत हङकङ, भारतको आसाम र पाँचथरमा प्रदर्शन भइसकेको छ ।
फिल्ममा भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, विशाल सेनेहाङ, सनम पहाँगो, कुमार लुम्फुङ्वा, मेनुका साउदेन, गंगा तुम्बाहाङ्फे, महिमा लिम्बू, तुलसा लिम्बूलगायतको मुख्य अभिनय रहेको छ । यस फिल्ममा सिनेम्याटोग्राफर भुपेन्द्र तुम्बाहाङ्फे, संगीत अशोक लोहोरुङ राई र दिनेश माङ्मुको मुख्य सहायक निर्देशन रहेको छ ।
यस फिल्मम निर्माण फिफरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पंधाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जयकुमार तुम्बाहाङ्फेको रहेको छ । फिल्मको कथा निर्देशक साँवाकै रहेको छ ।

Comments