‘हिरो रिर्टन्स’मा रेखाको एक्शन (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७६, २२ फाल्गुन बिहीबार
no img

अभिनेत्री रेखा थापा र सबिन श्रेष्ठ एकपटक फेरि पर्दामा जम्ने भएका छन् । ‘अन्दाज’लगायतका फिल्म स्क्रिन शेयर गरेर एक समय चर्चामा यी जोडी अभिनीत फिल्म ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा रेखा र सविनस“गै दिल श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।
बुधबार सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा रेखा र सविनको एक्सन देख्न सकिन्छ । धुव्र तारा फिल्म्स र सोम ओम फिल्म्सको प्रस्तुति रहेको यो फिल्म आगामी २६ बैशाखबाट प्रदर्शनमा आउने बताइएको छ ।
आशिष भेटवालको निर्देशन रहेको यस फिल्ममा भीम न्यौपाने तथा धुव्र न्यौपानेको लगानी रहेको छ । शिवम अधिकारीको कथा रहेको यस फिल्ममा दिपक शर्मा र टंक बुढाथोकीले संगीत गरेका छन् । फिल्मका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने मदन कस्यप घिमिरेको छायाँन रहेको छ । यस फिल्ममा द्वन्द निर्देशन चन्द्र पन्त र सम्पादन मित्रडी गुरुङको रहेको छ ।

Comments