विछोडिएको कथामा ‘नीरफूल’ (टिजरसहित)
screennepal
प्रकाशित: २०७६, २० फाल्गुन मंगलवार
no img

पत्रकार तथा कवि फूलमान वल निर्देशित नेपाली फिल्म ‘नीरफूल’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक समारोहबीच टिजर सार्वजनिक गरिएको हो । फिल्म २०७२ सालमा गएको भूकम्पपश्चात बिछोडिएको एक परिवारको कथामा आधारित रहेको बताइएको छ ।
फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज, रोशन फ्युबालगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् ।
फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण रहेको यस फिल्ममा कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् ।
त्यस्तै निर्मातामा माया केसी, दिपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, दिनेश लम्तरी मगर, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत रहेका छन् । प्रमोद कार्कीको छायाँकन र अर्जुन पोखरेलको संगीत रहेको यस फिल्मलाई सम्पादन निमेष श्रेष्ठले गरेका छन् । यो फिल्म यही ७ चैतमा रिलिज हुने भएको छ ।

Comments