चलचित्र ‘इन्काउन्टर’को ‘आई लभ यु’ बोलको गीत सार्वजनिक भएको छ । जुन गीतमा जानु काम्बाङ लिम्बुको शब्द र ताराप्रकाश लिम्बुको संगीतमा मेलिना राईको स्वर रहेको छ ।
गीतमा फुर्वा दोर्जे तामाङ र साबित्रा थिङलाई फिचरिङ गरिएको छ । गीतको भिडियो मलेशिया, सिंगापुरलगायतका स्थानमा छायाँकन गरिएको छ । उक्त भिडियोका लागि सुन्दर लावतीले कोरियोग्राफी गरेका छन् ।
यो चलचित्र १४ चैतमा प्रदर्शनमा आउँदैछ । यस चलचित्रमा सबिन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश डिसी, दिनेश खड्का, फुर्वा दोर्जे तामाङ, दिपक क्षेत्री, बिएस राणा, सुशील पोखरेल, सुबास गजुरेल, सुनिल कटुवाल, बिपना बस्नेत, ध्रुव श्रेष्ठ, साबित्रा थिङ, राजन गुरुङ, सुरेश थापा दर्शने, बिनोद राई घ्याम्पे सुब्बा, सारदा अधिकारी काली बुढी, राधिकालगायतको अभिनय रहेको छ ।
यस चलचित्रमा नरेन्द्र भट्टराई (एनबी अञ्जान)को लेखन तथा निर्देशन रहेको छ । युजेश फिल्मस्को प्रस्तुती रहेको यस चलचित्रलाई कुमार ओझा, दिनेश खड्का र कबिभक्त क्षेत्रीले निर्माण गरेका हुन् । दिलिप राजबंशी, देव राई र धन्नाजय भट्टराई चलचित्रका सहनिर्माता रहेका छन् ।
चलचित्रमा पटकथा सुन्दर लावती तथा पत्रकार कृष्ण भट्टराईको सम्बाद रहेको छ । मलेशिया, सिंगापुर, इन्डोनेशिया, थाइलेण्ड, बर्मा र नेपालका विभिन्न ठाउँमा चलचित्र र गीतहरु छायाँकन गरिएको हो ।
यस्तो बन्यो ‘आई लभ यु’ गीत (भिडियोसहित)
२०७६, ११ फाल्गुन आईतवार ०७:००screennepalExclusive, hot news, Movie0

Facebook Comment
Previous Postजब घरमा छोरीको आगमन भयो…
Next PostThe Cartoonz Crew - Saroj-Ashma-Jibesh Gurung New Song - Kamero Le Poteko By Smita Dahal/Saroj Oli