प्रेम दिवशमा ‘तिमी म सँग’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १ फाल्गुन बिहीबार
no img

पाश्र्वगायनमार्फत चर्चामा आइरहेकी गायिका दीपा लामाको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ ।
‘तिमी म सँग’ बोलको यो भिडियो दक्षिण कोरियाको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको हो । प्रेमात्मक भावना चित्रण गरिएको यो भिडियो प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो ।
प्रेमिल जोडीप्रति समर्पित गरिएको यस गीतमा बसन्त नाछिरिङ राईको शब्द तथा संगीत रहेको छ । हाङ चेम्जोङले निर्देशन गरेको भिडियोमा दिनेश नाछिरिङ राई, रजनी राई र मोहन नाछिरिङ राईले अभिनय गरेका छन् ।

भिडियोमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । यस भिडियोलाई बिपी याम्फूले खिचेका हुन् । ड्रोनसमेत याम्फूले नै चलाएका छन् । उनले ड्रोन र क्यामेराको एंगलबाट जति सुन्दर दृश्यहरु कैद गर्ने प्रयास गरेका छन्, त्यति नै भिडियो सरल र सुन्दर बनेको छ । ‘तिमी म सँग’को यो भिडियोको सम्पादन पनि याम्फूले नै गरेका हुन् ।
लामो समयदेखि रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहँदै आएका याम्फू कला र सञ्चार क्षेत्रमा समेत सक्रिय छन् भन्ने यो पछिल्लो भिडियोले पुष्टि गरेको छ ।

Comments