यस्तो छ ‘घर बिगारा’ गीतको भिडियो
screennepal
प्रकाशित: २०७६, २६ माघ आईतवार
no img

काठमाडौं, २६ माघ । नेपाली मौलिक लोकभाकामा आधारित गीत संगीत बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सञ्जय श्रीपाल, रेसम सापकोटा, प्रेमदिप रामजाली र गायिका रेखा गुरुङको आवाजमा ‘घर बिगारा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा समाजमा ब्यप्त विकृति र विसंगतिलाई प्रहार गर्दै समाजको बास्तविक भोगाइलाई समेटिएको छ । सञ्जय श्रीपालको शब्द तथा लयसिर्जना रहेको गीतको भिडियोमा दिनेश खनालको छायाँकन, निराजन केसीको सम्पादन तथा सरोज शाहीको निर्देशन रहेको छ । उक्त गीतको भिडियोमा सञ्जय, सेरु र रेखाको अभिनय देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=MnU7PDCdA3E&feature=emb_title
Comments