‘हात्ती ढुंगा…’मा यस्तो देखिए प्रदिप र क्रिस्टिना (भिडियो)
screennepal
प्रकाशित: २०७६, २२ माघ बुधबार
no img

अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकाँक्षी चलचित्र ‘प्रेम गीत–३’ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो चलचित्रको ‘हात्ती ढुंगामा…’मा बोल गीतको भिडियो रिलिज गरिएको छ ।
करिब दुई सय वर्ष पुरानो कथामा आधारित भनिएको यो चलचित्रको गीतलाई पनि दुई शताब्दी अघिको स्वरुप दिइएको छ । गीतको नृत्य प्राचिन शैलीको बनेको छ । यो गीतको भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । उनले यो गीतमा निकै मेहनत गरेका छन् ।
यो गीतमा अभिनेता प्रदीप खड्का र नवोदिन अभिनेत्री क्रिस्टिना गुरुङको नृत्य निकै आकर्षक छ । गीत आफैं नृत्यप्रधान भएकाले यो चलचित्रका मुख्य कलाकारहरुलाई नृत्यमा उतारिएको छ ।
चलचित्रका अभिनेता सुनिल थापाको अभिनय यो गीतको भिडियोमा देख्न पाईन्छ । उनी झाँक्रीको रुपमा गीतको भिडियोमा प्रस्तुत भएका छन् । नृत्यमा प्रदीप र क्रिस्टिनालाई माओत्से गुरुङ सहित कोरसले साथ दिएका छन् । यी दुईको नृत्य दमदार छ । यो गीतको छायाँकन मनाङमा गरिएको हो ।
यो गीतलाई नेपाल आईडलका सागर आले र मेलिना राईले गाएका हुन् । यो गीत रक लोक शैलीको बनेको छ । गीतमा लोकबाजाहरुको प्रयोगले गीत लोक रक शैलीको बनेको छ । हर्क साउदले लेखेको यो गीतमा कल्याण सिंहको संगीत छ ।
यो गीतको भिडियो छायाँकन राजेश श्रेष्ठले गरेका हुन् । गीतको भिडियोलाई युट्युब च्यानल ओएसआर डिजिटलबाट रिलिज गरिएको हो । गीतको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन् ।
चलचित्र प्रेम गीत ३ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सन्तोष सेन हुन् । फिल्मका सह निर्माता कुमार सान शाह हुन् । चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ ।

https://www.youtube.com/watch?v=UaeScocRNsQ
Comments