सीता र सन्चमानको ‘आखेन नुमा’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, १८ माघ शनिबार
no img

गायिका सीता सिंगक र सिक्किमेली गायक सन्चमान लिम्बूको नयाँ लिम्बू भाषाको गीत सार्वजनिक भएको छ । ‘आखेन नुमा’ अर्थात ‘कति राम्री’ बोलको उक्त गीतमा सन्चमानकै शब्दरचना र सेमीहाङ सिंगकको संगीत रहेको छ ।
इशक जबेगुको छायाँकन तथा सम्पादन रहेको यस भिडियोलाई गायिका सीताकै अफिसियल यु–ट्युब च्यालन ‘फेदापहाङ्मा’बाट सार्वजनिक गरिएको हो ।
करिब एक दशकयता लिम्बू भाषा तथा नेपाली गायन क्षेत्रमा सक्रिय गायिका सीताको थ्रप्रै चर्चित गीत छन् । विशेष गरी मातृभाषाका गीतसंगीतबाट चर्चा बटुल्न सफल गायिका सीताको यो पछिल्लो गीत हो । जसलाई लिप्सिङ भिडियोका रुपमा प्रस्तुत गरिएको छ । सीताका अघिल्ला गीतहरुझैँ ‘आखेन नुमा’लाई पनि यु–ट्युबका दर्शक तथा श्रोताले रुचाएका छन् ।

Comments