गायिका मिलन नेवारले घन्काइन् पालाम (लिरिकल भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १७ माघ शुक्रबार
no img

चर्चित गायिका मिलन नेवारले लिम्बू भाषाको पालाम घन्काएकी छन् । हुन त मिलनले नेपालीका अलावा थुपै्र भाषाका गीत गाउने गरेकी छन् । यस्तै, उनले लिम्बू समुदायको सांस्कृति पहिचान बोकेको पालाम समेत घन्काउन भ्याइन् ।
गीतकार विष्णुकुमार इङनामको शब्दरचना रहेको ‘फक्ताङलुङ लुङे’ बोलको पालाममा मिलनसँगै गायका कुशल थलङले स्वर दिएका छन् । मिलन र कुशलको पालाममा साँच्चीकै कुसल स्वर सुनिएको छ । यस पालामको लिरिकल भिडियो बिहीबार यु–ट्युबबाट सार्वजनिक गरिएको छ । उक्त पालाममा संगीतकार अशोक लोहरुङको लय संकलन तथा एरेञ्ज रहेको छ ।
गायिका मिलनले यसअघि पनि लिम्बू भाषाको गीत गाइसकेकी छन् । तर, पालाम नै गाएको भने यो सम्भवतः पहिलोपटक हो । आफ्नो जन्मथलो आसमबाट सांगीतिक करिअर सुरु गरेकी मिलनले नेपाली, असमी, बंगाली, हिन्दी, राईलगायत दर्जनभन्दा बढी भाषामा गीत गाइसकेकी छन् । मिलनको स्वरमा पालाम मिठास सनिएको छ ।

Comments