‘लप्पन छप्पन’ नजान्ने सौगातको यस्तो रुप (टीजरसहित)
screennepal
प्रकाशित: २०७६, २७ पुष आईतवार
no img

नेपाली फिल्म ‘लप्पन छप्पन–२’मा अभिनेता सौगात मल्ल र अर्पण थापा केही फरक लुक्समा देखिने भएको छनु । यी दुई मुख्य भूमिकामा रहेको यस फिल्म को टीजर सार्वजनिक गरिएको छ । जसमा उनीहरुको लुक्स यसअघिको भन्दा फरक देखिन्छ ।
मुकुन्द भट्ट निर्देशित फिल्ममा सौगात मल्ल र अर्पण थापाका अलावा शिव श्रेष्ठ, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरीलगायतको अभिनय रहेको छ ।
फिल्ममा मुकुन्द भट्ट, सुनिल निउरे र अमित शर्माको पटकथा, पुरुषोत्तम प्रधानको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटीले निर्माण गरेको फिल्म १२ बैशाखमा रिलिज हुनेछ ।

Comments