गायिका स्मृतिको बोल्ड अवतार (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २० पुष आईतवार
no img

गायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो चञ्चले चुलबुले’बोलको उक्त गीतको भिडियोमा गायिका समृति विकनीमा देखिएकी छन् ।
लण्डनको विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको उक्त गीतको भिडियोमा मोडलसमेत रहेकी स्मृतिसँग कुमुद पन्त फिचर्ड छन् । आफ्नो गीतको भिडियो स्मृति निकै बोल्ड देखिएकी छन् ।
सुजनकै शब्द र संगीत रहेको उक्त गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ । गुणदेव घिमिरेको छायाँकन र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदले नै निर्देशन गरेका हुन् । गायिका स्मृतिको यसअघि पनि केही गीतहरुको विदेशमा छायाँकन गरिएको छ भने पपगायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरु बजारमा आइसकेका छन ।

Comments