शाहरुखलाई फ्यानको अनौठो धम्की
screennepal
प्रकाशित: २०७६, १६ पुष बुधबार
no img

कलाकारका फ्यान अर्थात शुभचिन्तक पनि अनेकका हुन्छन् । यस्तै, अभिनेता शाहरूख खानको एक फ्यानले आत्महत्या गर्नेसम्मको धम्की दिएका छन् ।
पछिल्लो समय शाहरुखसँग कुनै फिल्म छैन । तैपनि उनी फ्यानको फलोमै छन् । पछिल्लो समय आनन्द एल रायको ‘जिरो’पछि शाहरूखले फिल्म साइन गरेका छैनन् । यसले शाहरूखलाई कति असर पारिरहेको छ, त्यो उनै जानून् । तर, उनका फ्यान भने आत्तिइसकेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शाहरूखका फ्यानहरु उनको आगामी फिल्मको प्रतीक्षामा छन् । तर, अझै उनले फिल्ममा ध्यान दिएका छ्रैनन् । हालै शाहरुखले आफ्नो ५४औँ“ जन्मदिनको अवसरमा उनका फ्यानहरुलाई चा“डै नया“ फिल्म लिएर आउने बताएका थिए । तर, अहिलेसम्म उनले कुनै फिल्म घोषणा नगर्ननाले फ्यानहरु चिन्तित मात्र नभएर धम्की समेत दिन थालेका छन् ।
शाहरुखका एक फ्यानले यस्तो धम्की दिएका छन्, ‘शाहरूखले आफ्नो नयाँ फिल्म घोषणा नगरे आत्महत्या नै गर्ने समेत लेखेका छन् ।’ ट्विटरमा उनका फ्यानहरूले ‘शाहरूख, नया“ फिल्म घोषणा गर’ भन्ने आसयको ट्रेन्ड नै सुरु गरेका छन् ।
सायद उस्मान नामका प्रयोगकर्ताले लेखेका छन्, ‘खान साहब, अब धेरै भइसक्यो । मैले ‘जिरो’पछि कुनै फिल्म हेरेको छैन किनकी कुनै उत्साह नै छैन । अब तपाईंले नै कुनै शुभ खबर दिनुपर्नेछ ।’ उनले थप लेखेका छन्, ‘यदि तपाईंले १ जनवरीसम्म फिल्म घोषणा गर्नुभएन भने म आत्महत्या गर्नेछु । फेरि भन्दैछु, म आत्महत्या गर्नेछु ।’
यससँगै अन्य प्रयोगकर्ताहरूले पनि नया“ फिल्मको माग गरेका छन् । कसैले ट्विटर छाड्ने त कसैले ‘प्लिज’ भन्दै अनुरोध गरेका छन् । ट्विटरमा चलिरहेको यो कुराकानीमा शाहरूख खानले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, धेरैले सन् २०२० को सुरूआतसँगै शाहरूख खानले नयाँ फिल्म घोषणा गर्ने अपेक्षा गरेका छन् ।

Comments