यस्तो छ ‘माया गोरी गोरी’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, १३ पुष आईतवार
no img

गायक मुरारी गुरागाईं र गायिका टिका प्रसाईंको स्वरमा ‘माया मेरी गोरी गोरी’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा होम न्यौपानेको शब्द, टेकेन्द्र नेपालीको संगीत, साहस शाक्यको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ छ ।
काभ्रेको दोलालघाटमा छायाँँकन गरिएको भिडियोमा भिजु कार्की र एलिशा शर्मा फिचर्ड छन् । भिडियोको मेकिङ आकर्षक देखिन्छ । गायक मुरारीले गीतको फ्लेभर अलिक फरक किसिमको भएको बताए । ‘यो गीत वेस्टर्न पप फ्लेभरको डान्सिङ गीत हो । मैले अहिलेसम्म गाएका गीतमध्ये यो धेरै हिसाबले भिन्न छ’, मुरारीले भने, ‘यो गीत स्पेनिस फ्लेभरको छ ।’
निर्देशक गम्भीरले भिडियो रोमान्टिक डान्सिङ नम्बरमा बनेको बताए । ‘रिभरसाइडको पाटीको फिल दिने कोशिस गरेको छु । गीतमा फ्रिस्टाइल छ र साल्सा डान्सको फर्म प्रयोग गरेको छु’, उनले भने, ‘साथी भाइ गेटटुगेदरमा देखिने रमाइलोपन भिडियोमा छ ।’ भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, सुबोल थापाको सह निर्देशन छ । अनिता ग्वाचको मेकअप र गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन छ ।

Comments