‘घरजम’बाट उत्साहित छिन् सुस्मा
screennepal
प्रकाशित: २०७६, १७ मंसिर मंगलवार
no img

अभिनेत्री सुस्मा खेवा डेब्यु नेपाली फिल्म ‘घरमजम’बाट उत्साहित र आशावादी छिन् । सन् २०१७ की ‘मिस हङकङ नेपाल’ समेत रहेकी सुस्मा भन्छिन्, ‘फिल्म घरजम मेरो डेब्यू हो । मेरो डेब्यू भएपनि राम्रो प्रतिक्रिया पाइरहेकी छु । त्यसैले उत्साहित छु ।’
कलाकार मौसम इम्बुङ (फुःलेन्देको बाउ)द्वारा निर्देशित ‘घरजम’को यही १९ मंसिर अर्थात बिहीबार राजधानीको कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर हुँदैछ । यो फिल्म पूर्वको विभिन्न सिनेमा हलमा १७ शो सफलतापूर्वक गरेपछि राजधानीमा प्रिमियर गर्न लागिएको हो । फिल्मको टिम अहिले यसैको तयारीमा जुटेका छन् । यसैक्रममा सुस्मा पनि लागेकी छन् । ‘घरजम’को प्रिमियर शोको व्यवस्थापन मोडलसमेत रहेका शैलेन्द्र थेबेले गरिरहेका छन् ।
फिल्म ‘घरजम’मा शिक्षिकाको भूमिकामा देखिएकी सुस्मा भन्छिन्, ‘घरजम मनोरञ्जनात्मकमात्र छैन, यो फिल्मले लिम्बू समुदायको कल्चरलाई समेत प्रवद्र्धन गरेको छ ।’ उनको भनाइमा फिल्म ‘घरजम’ एक मौलिक तथा सांस्कृतिकमूलक फिल्म हो । फिल्ममा लभस्टोरी, कमेडी र कल्चरको फ्युजन पाइन्छ ।
अभिनेत्री सुस्माले आफ्नो डेब्यु फिल्मबारे अनुभव सुनाउँदै भनिन्, ‘फिल्मको अधिंकाश सुटिङ गाउँघरमै गरिएको छ । त्यसैले सहरमा बस्नेका लागि सुटिङ निकै गाह्रो भएको थियो । तर, उत्साहित र एक्साइटेड थिएँ, त्यसैले सहजरुपमा कठिनाइलाई स्वीकारेँ ।’ उनी सन् २००८ देखि हङकङ बस्दै आएकी हुन् । ‘मिस हङकङ नेपाल’ विजेता बनेपछि म्युजिक भिडियोहरुमा काम गरेको अनुभव भएपनि उनका लागि फिल्ममा नयाँ थिइन् । त्यसैले उनी एक्साइटेड थिइन् ।
सुस्मा भन्छिन्, ‘घरजमजस्तो कल्चरल फिल्मका काम गर्ने अवसरसँगै धेरै कुरा सिक्न पाएँ ।’ उनले फिल्ममा काम गर्दा लिम्बू कला, संस्कृति, भाषा र भूषभूषाबारे जान्ने अवसर मिलेको बताइन् । ‘काम गर्दा गाह्रो त हुन्छ नै, तर त्यसबाट केही सिक्न पनि पाइन्छ’ उनले भनिन्, ‘मेरो लागि फिल्म घरजम त्यही भएको छ ।’
हङकङमा बस्दै आएका पनि सुस्मा नेपाली कला क्षेत्रमा लगाव राख्छिन् । फिल्ममा काम गर्नुभन्दा अगाडि म्युजिक भिडियोमा काम गर्दै आएकी सुष्माको ‘घरजम’ टिमसँग जोडिने अवसर पनि म्युजिक भिडियोबाटै भएको हो । सुस्माले भनिन्, ‘घरजमका निर्देशक मौसम इम्बुङसँग मैले म्युजिक भिडियोमा काम गरेकी थिएँ । उहाँले मेरो काम मन परेर घरजममा प्रस्ताव गर्नुभएको हो ।’ फिल्मका निर्देशक मौसम आफैमा एक कुसल कलाकार हुन् । उनै कलाकार तथा मोडल मौसमले सुस्मालाई आफ्नो फिल्मका लागि हिरोइनमा प्रस्ताव गरेका थिए । अहिले सुस्माको कामदेखि मौसम पनि खुसी नै छन् ।
मोडल तथा अभिनेत्री सुस्मा नेपाली फिल्म क्षेत्रमै केही गर्न चाहन्छिन् । हाल फिल्म ‘घरजम’को प्रमोशनमा व्यस्त रहेकी सुस्माले भनिन्, ‘केही समय नेपालमै बस्छु । म नेपाली कला क्षेत्रमै केही गर्ने रहर र इच्छा छ ।’ उनी व्यवसायी फिल्ममा काम गर्न चाहन्छिन् । फिल्ममा काम गर्ने पक्का भएपछि मात्र नेपाली फिल्म हेर्न थालेकी सुस्मा अभिनेता अनुपविक्रम शाहीसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छिन् । ‘मलाई नेपाली फिल्मका नायकहरुमध्ये अनुविक्रम मनपर्छ’ सुस्माले भनिन्, ‘उहाँसँग फिल्ममा काम गर्ने मेरो इच्छा छ ।’
पछिल्लो समय नेपाली फिल्म पनि राम्रो बन्न थालेको उनको बुझाइ छ । सुस्माले भनिन्, ‘नेपाली फिल्म पहिलेजस्तो छैन । पछिल्लो समय स्तरिय नेपाली फिल्म बन्न थालेको छ । त्यसैले यसै क्षेत्रमा केही गर्ने इच्छा र जोश आएको छ ।’

Comments