फस्टलुकमा ‘सम्हाली राख है’
screennepal
प्रकाशित: २०७६, २७ भाद्र शुक्रबार
no img

नेपाली फिल्म ‘सम्हाली राख है’को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको प्रचारका लागि तयार पारेको पोष्टर निर्माण युनिटले फस्टलुकका रुपमा ल्याएको हो ।
तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह–निर्माता रहेको फिल्ममा आरएल मोक्तानको निर्देशन रहेको छ ।
अर्जुन कुँवर, शितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, शंकर कार्कीलगायतका कलाकारको अभिनय रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिश रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ ।
फिल्म्मा शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको यो फिल्म दशैँ र तिहारको बिच पारेर रिलिज गर्ने योजनामा निर्माण युनिटको रहेको छ ।

Comments