यस कारण उत्साहित प्रिंयका
screennepal
प्रकाशित: २०७६, २१ भाद्र शनिबार
no img

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर निकै उत्साहित छिन् । कारण उनी राजकुमार रावसँग एक फिल्ममा एकसाथ देखिने भएकी छन् ।
भारतीय मिडियाले जनाएअनुसार उनीहरु फिल्म ‘द ह्वाइट टाइगर’मा एकसाथ देखिन भएका छन् । बताइएअनुसार यो फिल्म डिजिटल माध्यममा रिलिज हुनेछ भने फिल्म अरविन्द अडिग लिखित सोही नामको भारतमा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत उपन्यासमा आधारित रहेको छ ।
रमीन बहरानीको निर्देशनमा बन्ने उक्त फिल्मबाट आदर्श गौरवले डेब्यू गर्दैछन् । यसै वर्षको अन्त्यबाट छाया“कनमा जाने भनिएको यस फिल्मलाई लिएर आफू अत्यन्तै उत्साहित रहेको प्रियंकाले बताएकी छन् । उनले भनेकी छन्, ‘यो फिल्मबाट म उत्साहित छ किनकि फिल्ममा राजकुमारस“ग काम गर्ने अवसर पाएकी छु ।’ उनले राजकुमार राव र रमीन बहरानीस“ग काम गर्ने कुरालाई लिएर मिडियासमक्ष यस्तो उत्साह व्यक्ति गरेकी हुन् ।


यस फिल्ममा प्रियंका अभिनेत्रीमात्र नभएर कार्यकारी निर्माता पनि हुन् । यस फिल्मले चिया पसलबाट ठूलो व्यापारीसम्म बनेको एक व्यक्तिको कथा प्रस्तुत गर्नेछ । यस फिल्मलाई मुकुल देओरा र नेटफ्लिक्सले निर्माण गर्न लागेको बताइएको छ ।

Comments