रहेनन् ‘मुसुमुसु हाँसी देउ’ गायक
screennepal
प्रकाशित: २०७६, २१ श्रावण मंगलवार
no img

बरिष्ठ गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । ६९ वर्षीय भुटियाको सोमबार राति नै बेलायतको अल्डरसटस्थित घरमा निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।
उनी सांगीतिक ब्यान्ड हिमालयनका संस्थापक हुन् । उनको ‘मुसुमुसु हाँसदेउ न लैलै’, गाँजलुले आँखै छोप्ने, ‘कहाँ तिम्रो मायालुलाई’, ‘चिसो बतासले’लगायत गीत चर्चित छन् ।
सन् १९८२ मा ‘फर्की हेरेँ मेरो जीवन’ बोलको गीतबाट उनले गायन यात्रा सुरु गरेका हुन् । भुटिया सन् २००६ देखि घाँटीको क्यान्सरसँग जुधिरहेका थिए । उनले गाएका गीतहरुको प्रायः रिमेक अहिले पनि चर्चामा छ ।

Comments