रोटरीद्वारा शताब्दी पुरुष जोशीलाई अभिनन्दन
screennepal
प्रकाशित: २०७६, १९ श्रावण आईतवार
no img

रोटरी क्लव ललितपुर मिडटाउनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । रोटरीले शनिबार ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमबीच जोशीलाई सम्मान तथा अभिनन्दन गरेको हो ।
सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद्समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका थिए । उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी भएका जोशीलाई रोटरीका पेप्सिडेन्ट रमेशसिंह प्रधानले सम्मान प्रदान गरेका थिए ।
पेप्सिडेन्ट प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा बरिष्ठ नाट्यकर्मी प्रचण्डमान श्रेष्ठले शताब्दी पुरुष जोशीको व्यक्तित्वबारे चर्चा गरेका थिए । श्रेष्ठले भने, ‘शताब्दी पुरुष जोशीको योगदानलाई सम्मान गर्दै अंगिकार गर्न आवश्यक छ ।’
दीप प्रज्वलन तथा नेवारी संस्कृति अनुसार पुजा गरेर शुभारम्भ गरिएको कार्यक्रममा उपस्थिति पाहुनालाई नाट्येश्वर मूर्तिको मायाको चिनो प्रदान गरिएको कार्यक्रममा संयोजक सुरबहादुर श्रेष्ठले बताए ।

Comments