‘जाइरा’मा तनुजाको हट अवतार (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ११ श्रावण शनिबार
no img

नेपाली फिल्म ‘जाइरा’को आइटम गीत सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको आइटममा गीतमा मीना निरौलाको स्वर रहेको छ भने तनुजा गुरुङले हट डान्स गरेकी छन् । यो गीत पुरानो फिल्म ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो । उक्त फिल्ममा भने मिरा राणाको स्वर रहेको थियो ।
यस गीतमा बरिष्ठ गीतकार किरण खरेलको शब्द छ भने शिव शंकरको संगीत रहेको छ । ‘जाइरा’का लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रि–एरेञ्ज गरेका छन् ।
फिल्ममा नम्रता श्रेष्ठ, अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठलगायत श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ ।
एक्शनप्रधान ‘जाइरा’लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो फिल्म कटामरी फिल्मको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतीमा बनेको हो ।
प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यो फिल्म ६ भदौमा रिलिज हुँदैछ ।

Comments