सुसन र श्रेयासीको ‘आदुमेरो’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, ८ श्रावण बुधबार
no img

युवा गायक सुसन साम्सोहाङ र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको लिम्बू गीत ‘आदुमेरो’को भिडियो सार्वजनिक भएको छ । हस्त लिबाङ लिम्बूको शब्द तथा संगित रहेको उक्त गीतको म्यूजिक भिडियोमा नरेन्द्र सेन्दाङ लिम्बू र रन्जिता साउदेनको अभिनय छ ।
लिम्बू भाषा संस्कृतिको विकास एवं बिस्तार गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त गीतको निर्देशन दिनेश माङ्मूले गरेका छन् । भिडियोको सम्पादन तथा निर्देशन परिकल्पना दिनेश लिङ्देनको रहेको छ ।
भिडियोमा ज्ञानु राईको छायांकन र कृष्ण फागोको निर्माण छ । भिडियोलाई लिबाङ फिल्म्स्ले बजारमा ल्याएको हो ।

Comments