भोजपुरमा जन्मेकी २८ वर्षीय सम्झन राई दक्षिण कोरियाको प्रहरीमा भर्ती भएकी छिन् । सन् २०१० मा नेपाल भ्रमणमा आएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छिन् ।राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताइन् । भाषाका कारण नेपालीहरु धेरै समस्यामा परेका बताएकी राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई कानुनी सहयोग गर्ने बताइन् ।
उनले विविध कारणले प्रहरी चौकीमा ल्याइएका नेपालीका लागि भाषा र कानूनी सहयोग गर्न आफु तत्पर रहने पनि बताइन् । आगामी महिना अर्थात जुलाईदेखि राईले आठ महिने तालिम थाल्दैछिन् । तालिम सकिएपछि राई ख्याङ्गी प्रान्तको सुवनमा प्रहरी अधिकृतकोरुपमा उनले काम शुरु गर्ने छिन् ।
यो पनि पढ्नुस
आईपीएल खेलेर आएपछि यसो भन्छन् सन्दीप लामिछाने..
काठमाडौं, ३० वैशाख । इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किँदै गरेका सन्दीप लामिछाने चढेको विमान आकाशमै सवा दुई घण्टा होल्ड भएको छ । लामिछाने चढेको विमान आइतबार दिउँसो साढे २ बजे ल्याण्ड हुने भनिएको थियो । तर, प्राविधिक समस्या देखाउँदै उक्त विमान पौन ५ बजे मात्र ल्याण्ड गरिएको थियो । विमानस्थलमा उत्रिएपछि पत्रकारसँग कुरा गर्दै सन्दीपले भने, ‘दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस् ।’ आइतबार एअर इन्डियाको फ्लाइटमार्फत २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका भए पनि खराब मौसमका कारण विमान करिब २ घन्टा लगाए् आकाशमा १० फन्को मारे पछि उनले आफ्नो सातो गएको बताए ।उनले गत वर्षको सिजनमा भन्दा यस वर्ष आईपीएल आफ्नो लागि बढी उपलब्धिपूर्ण भएको बताए । दिल्ली क्यापिटल्सबाट यसवर्ष ६ खेल मात्रै खेल्न पाए पनि गत सिजनमा भन्दा धेरै सिकेको बताएका हुन् ।
उनले भने, ‘तुलनात्मक रुपमा पहिले भन्दा राम्रो भएको छ । यसपटक पनि व्यक्तिगत रुपमा मात्रै नभई नेपाली क्रिकेटकै स्तर माथि उठाउन केही योगदान गर्न सकेँ जस्तो लागेको छ ।’उनले यो सिजनमा खेलका ६ खेलमा ९.१३ इकोनोमीका साथ ८ विकेट लिएका थिए । उनले खेलेको अन्तिम खेलमा बैंगलोरविरुद्धको बलिङ भने उनका लागि महंगो सावित भएको थियो । उक्त खेलमा उनले ३ ओभर बलिङ गर्दा ३६ रन खर्चिए पनि विकेट लिन सकेका थिएनन् । त्यसपछिका खेलहरुमा उनी बेञ्चमै बस्नुपर्यो । यसैबीच उनले जेठ पहिलो साता हुने प्रधानमन्त्री कपमा थकानका कारण सहभागी नहुने स्पष्ट पारेका छन् । उनी भन्छन् “अहिले म रेस्टमै हुन्छु । किन भने अलि हल्का ‘ब्याक पेन’ पनि छ । यसमा हतार गरियो भने नेपाललाई नै घाटा हुन्छ, त्यसैले अहिले पुरै रेस्ट गरेर बस्ने विचारमा छु । नेपाली टिमले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छु ।”