अमेरिकामा नेपाली चेली कञ्चन अमात्यले पाइन ‘प्रिन्सेस डायना अवार्ड’
screennepal
प्रकाशित: २०७६, १८ असार बुधबार
no img

काठमाडौं । नेपाली चेली कञ्चन अमात्यले ‘प्रिन्सेस डायना अवार्ड’ पाएकी छन् । अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन् ।

१९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ । डायनाको सम्झनास्वरुप उक्त अवार्डको आरम्भ गरिएको हो । २० वर्षदेखि उक्त अवार्ड राजपरिवारबाट उपलब्ध गराइदै आएको छ ।

डायनाका दुई छोरा प्रिन्स विलियम र प्रिन्स ह्यारीले उक्त अवार्ड डायनाले बाल्यकाल बिताएको घरमा उपलब्ध गराउँदै आएका छन् । पाटनकी कञ्चन अहिले अमेरिकामा अध्ययनरत छन् । उनी राष्ट्रसंघमा युवा र महिलाका लागि सक्रिय छन् ।

उनले यसअघि पनि अमेरिकामा विभिन्न अवार्ड पाएकी थिइन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसबाटसमेत जिम्मेवार पाएकी थिइन् । काठमाडौँ सेन्ट मेरिजको पढाई सकेर उनी नर्वे हुँदै अमेरिका पुगेकी हुन् ।

Comments