स्टार कास्ट ले झन मजबुद “प्रेम गीत ३”
movie desk
प्रकाशित: २०७६, ४ असार बुधबार
no img

  कास्टिङ लाईनअपका लागि अन्ति म क्रममा रहेको फिल्म ‘प्रेमगीत ३’ मा प्रदीपको बुवा अथवा राजाको रोलमा खेल्नका लागि  फिल्म नगरीका ठूल्दाई शिव श्रेष्ठलाई उक्त रोलका लागि अनुबन्ध गरेको छ । ।

एकादेशको काहानी भनिदै काल्पनीक पूरानो कथामा निर्माण हुन लागेको प्रेम गीत ३ मा शिवले राजाको भूमिका निभाउनेछन् । उनीसंगै अर्का चर्चित भिलेन सुनिल थापाको पनि यो प्रोजेक्टमा इन्ट्रि भएको छ भने प्रदीपको दाईको भूमिकामा मनिष राउतले डेब्यू अभिनय गर्नेछन् ।

यो फिल्मको हिरोइन भने असार मसान्त सम्म फाईनल भईसक्ने छिन् । प्रेमको गीत बन्नका लागि विश्वभर रहेका २७ सय २४ जना युवतीहरुले अडिसनका लागि फारम भरेका थिए त्यस मध्ये उत्कृष्ट २५को अडिसन हालै मात्र सकिएको छ । जस अन्र्तगतबाट एक युवतीले प्रेमको गीत बन्ने अबसर पाउँदैछिन् ।


‘अ फर्बिडन लभ स्टोरी’ भनिएको यो रोमान्टिक सिरिज नयाँ वर्ष २०७७ को अवसर पारेर यो वर्षको चैत्र २८ गते प्रदर्शनमा आउने पक्का भैसकेको छ । फिल्मलाई छेतेन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको फिल्मलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दै छन।

को को भए प्रेम गीत ३ मा फाईनल ? 

प्रेम गीत ३ को मुख्य हिरोइन गीत क्यारेक्टर बाहेक अन्य प्राय मेजर रोलमा खेल्ने कलाकार छनौटको कार्य लगभग सकिएको छ । निर्माण टिमको जानकारी अनुसार मेन हिरोको रुपमा प्रदीप खड्का सहित मनिष राउत तथा अन्य मेजर रोलमा सन्तोष सेन लगायत सुनिल थापा, शिव श्रेष्ठ, पुस्कर कार्की प्रेम पुरी र अशान्त शर्मा फाईनल भईसकेका छन् ।

पुष्कर कार्की थिएटरका निकै प्रतिभावान कलाकार हुन जसले प्रेम गीतको हिरोइन अडिसनका लागि छानिएका युवतीहरुसँग प्रेमको भूमिका निर्वाह गर्दै आफ्नो क्षमता देखाईसकेका छन् । यसैगरी प्रेम पुरी सन्तोषकै ब्यानरबाट आएका कुशल अभिनेता हुन भने मनिष राउत डिम्पल लुकका धनी मोडल हुन जसले अस्कार फिल्म कलेज बाट अभिनयमा सकाएका छन ।

मनिष यो फिल्ममा प्रदीपको दाईको भूमिकामा देखिनेछन् जसको रोल हिरो को बराबरकै छ । कथा पनि दाजु भाई र एक हिरोइनको वरी परि घुमेको हुँदा मनिष को चर्चा मार्केटमा चुलिने निश्चित छ । भक्तपुर निवासी उनी अस्कर कलेजमा फिल्म मेकिंगमा ब्याचर्लस लेभलमा अध्ययनरत छात्र हुन । हाईटका हिसावले हेर्दा उनी ६ फिट अग्ला छन् भने लुक्स अत्यन्त राम्रो छ ।

झण्डै चार करोड लगानीमा बन्न लागेको यो फिल्म एउटा एपिक लभस्टोरी जनरमा बन्दैछ जसको छायाँकन आउँदो तिहार लगत्तै मुस्ताङ र देशका विभिन्न ठाउँहरु सहित काठमाण्डौमा निकै भब्य सेटमा हुनेछ । छायाँकनका लागि राजेश श्रेष्ठको टिमको अग्रिमेन्ट भईसकेको छ।

Comments