घोषणा अगावै प्रतिक्षीत चलचित्र “प्रेम गीत ३” मा को को फाईनल भए ?
movie desk
प्रकाशित: २०७६, १ असार आईतवार
no img

फिल्म प्रेम गीत ३ निर्माणको प्रक्रियामा रहेको छ । फिल्मका लागि नायिका छान्ने प्रक्रिया चलिरहेको छ भने नायकहरु वर्कसपमा लागि सकेका छन् । घोडसवारी लगायतको बिषयमा ज्ञान लिन पर्ने भएकाले फिल्मका लागि फाइनल भएका कलाकार आफुलाई क्यारेक्टरका लागि तयार पार्न लागि परेका छन् । अहिले सम्म फिल्मका लागि ५ जना पुरुष कलाकार फाइनल भैसकेका छन् भने अन्य २ जनाको बारेमा समेत चर्चा भै रहेको छ ।

सन्तोष सेन
फिल्ममा एन्टागोनिस्टको भूमिकामा रहेका छन् फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन । फिल्मका लागि नायिका छान्ने कामका साथसाथै उनी वर्कसपमा समेत सहभागी भैरहेका छन् ।

प्रदीप खड्का
फिल्मको पहिलो सिरिज प्रेम गीतबाट नै मुख्य भूमिकामा रहेका प्रदीप खड्का यस पटक पनि फिल्मको मुख्य भूमिकामा नै रहेका छन् । ‘प्रेम’ को ट्यागलाइन बनाइसकेका खड्का अभिनित यस फिल्मका २ सिरिज सफल सावित भएका छन् । त्यसपछी फिल्ममा अभिनय गरे पनि उनका अधिकांस फिल्म चलेनन् । यहि फिल्म मार्फत उनको सफल कम्ब्याकको अपेक्षा दर्शकले राखेका छन् ।

मनिष राउत
फिल्ममा मुख्य कलाकारका लागि अर्का नवनायक मनिष राउत फाइनल भएका छन् । अडिसन मार्फत छानिएका उनी फिल्ममा ‘प्रेम’ को दाजु वा भाईको भूमिकामा देखिने चर्चा छ । पोस्टर सार्वजनिक भएसंगै चर्चामा आएका उनको बिदेशी लुक र गालाको डिम्पल कै कारण पनि फ्यान फलोइंग ह्वात्तै बढेको छ ।

पुस्कर कार्की
नाटकमा अभिनय गर्दै आएका पुस्कर कार्कीले मण्डला थिएटरमा मन्चन गरिएका दुर्वासा,जालिनी लगायतमा अभिनय गरेका छन् । भने उनी विभिन्न फेसन शोमा समेत र्याम्प वाक गर्दै आएका छन् । फिल्म कागजपत्रमा उनको अभिनय रहेको थियो ।

प्रेम पुरी
फिल्म जगतका सकारात्मक बिषय देखाएर नेपाली फिल्म जगतमा सन्तोष सेनलाइ भित्र्याउने श्रेय प्रेम पुरीलाई जान्छ । उनले पर्खीराख है फिल्मबाट डेब्यु गरेका हुन् ।त्यस पछि संखे पंखे चंखे, अध्याय लगायत फिल्ममा अभिनय गरेका छन् भने उनी यस फिल्ममा पनि देखिने भएका छन् ।

राजेश हमाल
फिल्म जगतमा लामो समय बिताएका राजेश हमाल फिल्ममा प्रदीप खड्का र मनिष राउतको बाबुको भूमिकामा देखिने चर्चा छ । फिल्मको अन्तिम छलफलका लागि जाने तयारी रहेको फिल्मका निर्माता निर्देशक सेनले बताएका छन् ।

सुनिल थापा 
फिल्ममा राते काइला नामले परिचित सुनिल थापालाई सुहाउने भूमिका रहेको सेनले बताएका छन् । उनले अहिले सम्म भेटेर कुरा गर्ने अवसर नमिलेको, समय मिल्ना साथ कुराकानी अगाडी बढाउने र वहाको सहमति भएमा वहालाई समेत लिने बताए । फिल्ममा सानो भए पनि महत्वपुर्ण रोल रहेको समेत उनले थपे ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म निर्माण गर्ने छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ

Comments