आज साम : ‘पासवर्ड’मा सन्नी लियोनीको ठुम्का (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ३१ जेष्ठ शुक्रबार
no img

बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’को ‘आज साम’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा सन्नीसँगै नायक अनुपबिक्रम शाहीले रोमान्स गरेका छन् ।
सुटिङताका देखि नै चर्चामा आएको उक्त भिडियोलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले कोरियोग्राफी गरेका हुन् । ५ करोड भन्दा बढी लगानीमा तयार गरिएको भनिएको यस गीतमा अभिनेता बिक्की जोशी पनि फिचर्ड छन् । गीतमा बिक्रम जोशीको शब्द र संगीत अर्जुन पोखरेलको छ । दुर्गा खरेलको स्वर रहेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो ।
फिल्मलाई बिक्रम जोशीले निर्माण गरेका हुन् । अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहेको फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि रानालगायतको अभिनय रहेको छ । यो फिल्म आउँदो २७ भदौमा प्रदर्शनमा आउने छ ।

https://www.youtube.com/watch?v=TGNlBS9xXtI
Comments