‘अभिव्यक्ति’ शृंखलामा प्रस्तुत हुँदै जानु
screennepal
प्रकाशित: २०७६, १८ बैशाख बुधबार
no img

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्दैआएको नियमित सिर्जना वाचन कार्यक्रम ‘अभिव्यक्ति’को १२औँ शृंखलामा कवि तथा गीतकार जानु काम्बाङ लिम्बूलाई प्रस्तुत गर्ने भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो । शृंखला आगामी १४ सेप्टेम्बरका दिन बेलायतको हाइवेकम, मिडल्याण्डमा आयोजना गरिने प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । उक्त शृंखला बेलायतका स्रष्टामाझ निकै महत्वपूर्ण र लोकप्रिय मान्निछ ।
ताप्लेजुङ स्थायी घर भएकी कवि तथा गीतकार लिम्बू बेलायतमा साधनारत सक्रिय स्रष्टा हुन । गीत, कविता, कथा, नियात्रा, मुक्तक र गजल विधामा सशक्तरुपमा कलम चलाउँदै आएकी उनका ‘शिविरमा ईश्वर’ कविताकृति, ‘अनुभव’ र ‘जानु’ गीति एल्बम र ‘नउघ्रेको जून’ कथासङ्ग्रह प्रकाशित छन् । उनका गीत, नियात्रा र उपन्यास कृति प्रकाशोन्मुख छन् । बाल्यकालदेखि नै साहित्यमा रूचि राख्ने जानुका दर्जनौँ सिर्जनाहरू बेलायत तथा नेपाल आदि देशबाट निस्किने विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदैआएका छन् । उनका दर्जनौँ गीत चर्चित छन् । अनेकन सामाजिक सङ्घसंस्थामा आवद्ध उनी बेलायतमा पत्रकारिता समेत गर्छिन् ।
स्थापनाकालदेखि नै प्रतिभा प्रतिष्ठानले निमियत रुपमा हरेक वर्ष गर्दै आएको ‘अभिव्यक्ति शृङ्खला’मा यसअघि चोक गुरूङ, दयाकृष्ण राई, टंक वनेम, किशोर गुरूङ, अञ्जु अञ्जली, नोर्देन तेन्जिङ भुटिया, शशी थापा सुब्बा, रक्ष राई, निर्मला परिवेश राई, डा. रूपक श्रेष्ठ र गणेश राई प्रस्तुत भइसकेका छन् ।

Comments