“गोर्खा पिस फाउन्डेसन” युकेले गर्यो झापामा यति ठुलो सहयोग
screennepal
प्रकाशित: २०७५, १३ चैत्र बुधबार
no img

नेपालमा रहेका धेरै दुखि असहायलाई सहयोग गर्ने थुप्रै संघ संस्ठाहरु रहेका छन् । त्यसै मध्यको एक हो “गोर्खा पिस फाउन्डेसन” युके जसले बिगत लामो समय देखि नेपालको विभिन्न ठाउँमा रहेका थुप्रै दुखि गरिब र असहाय पिडित व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छ ।

यहि बीच यति बेला झापामा यस्तै सहयोगी काम यस संस्थाले गरेको छ । प्राप्त जानकारी अनुसार झापामा ७५ बर्षिय एकल बेसहारा महिलालाई उपचारको लागि “गोर्खा पिस फाउन्डेसन” युकेले ७५ हजार ७५ रुपैया सहयोग स्वरूप प्रदान गरेको छ ।

समाजसेवी गायक पूर्ण लिम्बुले “गोर्खा पिस फाउन्डेसन” युकेले पठाएको उक्त रकम ७५ बर्षिय एकल बेसहारा महिलालाई उपलब्ध गराएका हुन् । गायक पूर्ण लिम्बु आफै पनि धेरै समाजसेवाको काममा आबद्ध रहेका छन् भने उनले धेरैलाई सहयोग पनि गरिसकेका छन् ।

“गोर्खा पिस फाउन्डेसन” युकेले बिगतको दिनमा नेपालको विभिन्न ठाउँमा दुखि र असहायलाई मदत गर्दै आईरहेको छ । धेरैले यस संस्थाको मार्फत सहयोग प्राप्त गरिसकेको छ । आगामी दिनमा पनि यस्तै किसिमको सहयोग गरिरहने प्रतिबद्धता समेत “गोर्खा पिस फाउन्डेसन” युकेले ब्यक्त गरेको छ ।

Comments