आफ्नो परिचयको दायरा बढाउँदैछिन् मौसमी (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २२ फाल्गुन बुधबार
no img

तेह्रथुमको थोक्लुङकी मौसमी कन्दङवा लिम्बू मोडलिङमा करिअर बनाउने सोचसहित हाल संघर्षरत छिन् । उनको रुचि गायनमा पनि छ । दुई वर्षयता मोडलिङमा सक्रिय मौसमी भन्छिन्, ‘सानैदेखिको रहर र इच्छालाई पूरा गर्न मोडलिङमा लागेकी हुँ । मोडलिङमै करिअर बनाउने लक्ष्य लिएकी छु ।’


दुई वर्षअघि मोडलिङमै करिअर बनाउने रंगीन सपना लिएर काठमाडौं आएकी मौसमी भन्छिन्, ‘केही अवसरहरु पनि पाइरहेकी छु । त्यसैले आशा जागेको छ ।’ मोडलिङ अँगालेको छोटो समयमै विभिन्न एक दजर्नभन्दा बढी म्युजिक भिडियो तथा केही डक्युमेन्ट्रीहरुमा अभिनय गरिरसेकी मौसमीले भनिन्, ‘मेरो रुचि गायनमा पनि छ । त्यसैले अहिले गीत पनि गाउने तयारीमा छु ।’


मौसमीले म्युजिक भिडियो निर्देशक लोकेन साँवा लिम्बूलगायतका निर्देशकहरु काम गरिसकेकी छन् । पहिलोपटक लिम्बू गीतको भिडियोमा मोडलिङ गरेकी मौसमी पछिल्लो समय गायक खगेन्द्र यक्सोको पुर्वेली लोकगीत ‘सिँगौरी–२’ देखिएकी थिइन् । त्यसपछि पनि केही भिडियोमा मोडलिङ गरेकी उनले भनिन्, ‘मेरो केही भिडियोहरु आउन लागेको छ ।’
मौसमी मोडलिङ क्षेत्रमा लागि आफूलाई भाग्यमानी ठान्छिन् । उनी भन्छिन्, ‘म भित्र मोडलिङप्रति तिव्र इच्छा थियो । त्यसैबेला मलाई म्युजिक भिडियोमा प्रूसताव आयो । यो मेरो लागि भाग्यकै कुरा हो ।’
मौसमीले मोडलिङ गरेको गायक राजेन्द्र केरुङको लिम्बू भाषाको ‘फूङ इनो सेवा चोगिरो’ बोलको गीत दर्शकले निकै रुचाएका ाथिए । उक्त भिडियो उनले झापामा हुँदै गरेका हुन् । तेह्रथुमको थोक्लुङबाट झापाको दमक झरेपछि उनीमा झनै मोडलिङप्रति रहर जागेको थियो । अहिले तिनै आफ्ना रहर पूरा गर्दै मोडलिङ क्षेत्रमा मौसम कन्दङ्वाको रुपमा चिनाउन सफल भएकी छन् ।


हुन त मोडलिङ क्षेत्रमा कडा प्रतिस्पर्धा छ । त्यसैअनुसार अवसर पनि । म्युजिक भिडियो निर्माणको लहरले गर्दा प्रतिभा भएका मोडलहरुका लागि अवसर नै अवसर छ । यस्तै मौसमीले पनि आफूलाई मोडलिङमा जमाउदै आएकी छन् । मोडलिङका अलावा जागीर समेत खाँदै आएकी मौसमीले भनिन्, ‘काठमाडौंजस्तो ठाउँमा मोडलिङमै सिमित भएर बस्नु गाह्रो छ । त्यसैले साइट जब गरेकी हुँ ।’
अहिलेसम्म विभिन्न गायक÷गायिकाको भिडियोमा मोडलिङ गर्दै आएकी मौसमीको चाँडै उनको मिठो स्वर पनि सुन्न पाइने भएको छ । त्यसपछि उनको परिचयमा थपिने छ, ‘गायिका’ । मौसमी भन्छिन्, ‘चाँडै दर्शक तथा श्रोताले मेरो गीत सुन्न पाउने छन् ।’ उनले मोडलिङमा जस्तै गायनमा आफूलाई साथ र हौसला दिने दर्शक तथा श्रोतासँग अपिल गरेकी छन् ।

Comments