राजधानीमा तराई मधेशका नेपालीहरुको चित्त दुखाई, मलाई भैया होइन दाई वा भाई भन्नुहोस
screennepal
प्रकाशित: २०७५, २९ माघ मंगलवार
no img

४ जात ३६ वर्णको हाम्रो नेपाल जहाँ करिब ३ करोड भन्दा बढी जनताहरु तराई पहाड र हिमालमा बसोबास गर्दछन् । तर विशेष गरी तराई मधेशमा आउने नेपालीहरुलाई रंग र बोलीको आधारमा पहाड या राजधानीमा विभेद गरिएको पाईन्छ । आखिर किन त यो विभेद यसको उत्तर को संग होला । तराई मधेशका नेपालीहरु कामकै शिलशिलामा राजधानी काठमाडौँ आएको देखिन्छ ।

कसैले सानो होटेल गरेर बसेका छन् त कसैले चटपटे पानीपुरीको व्यापार या कसैले तरकारी या अरु थुप्रै । तर अहिलेको अवस्थामा पनि उनीहरुलाई दाई वा भाई होइन “भैया” नामक शब्दले बोलाउने गरिन्छ । यो नामले धेरै तराई मधेश बस्ने नेपालीहरुको चित्त दुखेको पाईएको छ । हामी सबै नेपालमा बसेपछि किन दाजु भाई भनेर सभ्य हिसाबले कुरा नगर्ने त ! यहि सोच बोकेर ठकुरी सहयोग संजालले नया किसिमको अभियान चलाएको छ ।

अहिले राजधानीमा नै केन्द्रबिन्दु बनाएर यस संस्थाले बिशेष गरी तराई मधेशका नेपालीहरुको लागि “मलाई भैया होइन दाई वा भाई भन्नुहोस” भन्ने अभियान चलाएको छ । यस बिचमा यो अभियान अन्तरगत के के भयो त यसमा तराई मधेशका नेपालीहरुको कस्तो प्रतिक्रिया छ त सबै दर्पण मिडियाले आफ्नो क्यामरामा कैद गरेको छ ।

हेर्नुस यो भिडियो :

Comments