बलिउड देखि कलिउडमा आउँदा रेवतीको यस्तो हट अवतार, अन्तरवार्तामा खुलाईन सबै रहस्य (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, २६ पुष बिहीबार
no img

स्क्रीननेपाल डटकम :
कलिउड देखि बलिउडमा नेपाली कलाकारको प्रवेश भए जस्तै बलिउडबाट पनि कलिउडमा कलाकारको प्रवेश हुन थालिसकेको छ । यसको ज्वलन्त उदहारण हो चलचित्र “समर लव” । धेरैलाई थाहा नहुन सक्छ चलचित्र “समर लव” मा प्रमुख भूमिकामा देखिएकी नव नायिका रेवती क्षेत्री बलिउड संग आबद्ध छिन् । बलिउडमा उनले धेरै काम गरिसकेकी छिन् । “समर लव” उनको डेब्यु चलचित्र । माघ २५ गते देखि यो चलचित्र देशभर एकसाथ प्रदर्शन हुदैछ ।

मुस्कान ढकालको निर्देशनमा तयार भएको यस चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ । चलचित्रमा रेवती संगै आशिष पिया, नम्रता सापकोटा, शिशिर भण्डारी, सुरज सिंह ठकुरी, सरोज खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हुन त यो चलचित्र लेखन सुबिन भट्टराईको किताबमा समावेश कथामा आधारित हो । तर निर्माण पक्षले यसमा केहि नया मसाला हालेर अझ बढी आकर्षक बनाएको देखिन्छ । यो कुराको पुष्टि चलचित्रको ट्रेलरले गरेको छ । चलचित्रको ट्रेलर र एक गीत सार्वजनिक भईसकेको छ । गीत निकै सुमधुर रहेको छ भने ट्रेलर उस्तै आकर्षक ।

निर्माण पक्षले चलचित्रलाई लिएर ठुलो आशा राखेको देखिन्छ । तर नेपाली दर्शकहरुको इच्छा र रोजाईलाई बुझ्न अलिक गार्हो नै छ । यस भन्दा अगाडी यस्तै किसिमको चलचित्र नबनेको भने होइन तर त्यति धेरै दर्शकको माझमा जम्न भने सकेन । यस हिसाबले चलचित्र “समर लव” को के हुने हो भन्ने कौतुहलता धेरैमा छ । तर जहाँ सम्म चलचित्रको सार्वजनिक भएको सामग्रीको कुरा छ यसले दर्शक माझमा राम्रै छाप दिने संकेत भने दिएको छ ।

चलचित्रको मुख्य आकर्षणको केन्द्र चलचित्रमा राखिएको केहि हट सिन बनेको छ जसको केहि अंश हामी ट्रेलरमा पनि देख्न सक्छौ । हट सिनमा हामी नव नायिका रेवती क्षेत्रीलाई देख्न सक्छौ । उनको घर आसाममा हो तर अहिले मुम्बईमा बसिरहेकी छिन् । त्यहि बसेर मोडलिङ क्षेत्रमा कदम चलाईरहेकी छिन् । मिस इंडियामा समेत भाग लिइसकेकी उनले फेमिना मिस इंडिया समेत जितिसकेकी छिन् । बलिउडमा उनले धेरै एडहरुमा काम गरिसकेका छिन् । उनि संग दर्पण मिडियाले अन्तरवार्ता लिएको छ जसमा उनले धेरै कुरा खोलेकी छिन् । “समर लव” मा नांगिएको सिन देखि आफ्नो संगर्ष धेरै कुराको बारेमा उनले बोलेकी छिन् ।

हेर्नुस यो अन्तरवार्ता :

Comments