टिजरमै सुशील–प्रशान्तबीच टसल (टिजरसहित)
screennepal
प्रकाशित: २०७५, १७ मंसिर सोमबार
no img

नेपाली फिल्म ‘रणवीर’को टिजर सार्वजानिक भएको छ । १८ माघमा रिलिज हुने फिल्मले मोसन पोष्टर र पोष्टर सार्वजनिक गरेपछि टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल देखाइएको छ । अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन् ।
उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ । फिल्ममा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको फिल्मको टिजरमा यी दुई बीचकै टसल र बदलाको भावनालाई चित्रण गरिएको छ । महङ्गो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरी र कमेडी शैलीका फिल्म आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपूर्ण छ ।

फिल्मको टिजर रिलिजपछि सुशीलले भने, ‘फिल्मको लागि मैले कति मेहनत गरे भन्ने कुरा शब्दले व्यक्त गर्नु भन्दा पनि भिजुअलले नै व्यक्त गर्छ नै । यसमा मलाइ अघिल्ला फिल्मको सुशील पाउनु हुँदैन ।’ उनले एक्सनको लागि आफूले गर्न सकेको सबै गरेको बताए ।
त्यस्तै, प्रशान्त ताम्राकारले ‘ऐश्वर्य’पछि आफूले अभिनय गरेको फिल्म ‘रणवीर’ भन्दै भने, ‘यो फिल्ममा काम गर्दा मैले आफैलाई चिन्ने मौका पाएको छु , मैले कति काम गरे र कति गर्न सक्छु भन्ने मुल्यांकन पनि छ यसमा । फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ ।’

Comments