सिनेमा हलहरुमा १४ मंसिरबाट ‘शान्ति’
screennepal
प्रकाशित: २०७५, १० मंसिर सोमबार
no img

नेपाली फिल्म ‘शान्ति’ यही १४ मंसिरबाट अलनेपाल रिलिज हुँदैछ । फिल्मको ट्रेलर रिलिजको मुखैमा सार्वजनिक गरिएको छ । फिल्म सिनेमा हलमा आउनै लाग्दा मात्र निर्माण टिमले प्रचारलाई तिव्रता दिएका छन् । तर, निर्माण टिम आशावादी छन् ।
दिनेश लिङ्देन निर्देशित यस फिल्मका दुई गीत ‘बलेसीमा पानी खस्यो’ र ‘पहिलो नजर जुधेपछि’ केही साताअघि नै रिलिज गरिएको थियो । गीत र ट्रेलरबाट दर्शको राम्रो प्रतिक्रिया आइरहेको भन्दै निर्देशक लिङ्देनले भने, ‘फिल्म शान्ति दर्शकले रुचाउँछन् भन्नेमा विस्वस्त छु ।’
फिल्ममा वैदेशिक रोजगारीको यथार्थता, सामाजिक र पारिवारिक अवस्थालाई फिल्ममा चित्रण गरिएको निर्देशक लिङ्देनले बताएका छन् । समग्रमा भन्दा फिल्म ‘शान्ति’ले ‘माया नभएको ठाउँमा द्धन्द्ध र अन्तरविरोध हुन्छ’ सन्देशभाव बोकेको छ ।
यस फिल्ममा सुशील क्षेत्री, निशा पोमु लिम्बू, सुप्रिया श्रेष्ठ, सञ्जिव थेवेलगायतका कलाकारको मुख्य भूमिका छ । रिलिजको तयारीमा रहेका बेला फिल्मकी अभिनेत्री निशाले भनिन्, ‘फिल्मप्रति एक्साइटेड छु ।’ उनले आफ्नो भूमिका धेरै नभए पनि विशेष रुपमा प्रस्तुत भएको सुनाइन् । उनले भनिन्, ‘काम गरेअनुसारको अपेक्षा गरेकी छु ।’
मोडल समेत रहेकी निशा, सञ्जिव र सुप्रियाको यो पहिलो फिल्म हो । फिल्ममा नृत्य जनक कार्की, द्धन्द्ध राजु किराँती र छायांकन ज्ञानु राईको छ । प्रस्तुतकर्ता कविता लिङ्देन, कार्यकारी निर्माता बसन्त थेवे र निर्माता शान्त बखिम थेबे छन् ।

Comments