प्रसिद्ध सुपरहिरोका परिकल्पनाकार लीको निधन
screennepal
प्रकाशित: २०७५, २७ कार्तिक मंगलवार
no img

लस एन्जलस, (एजेन्सी) । अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुन् ।
‘मार्भेल कमिक’ का पूर्व प्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ । वुल्भेराइनमा खेल्ने कलाकार ह्युज ज्याकमानले भने, ‘हामीले एकजना विशिष्ट लेखक गुमाएका छौं । स्टान ली सुपरहिरो ब्रह्माण्डका एकजना अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको रचनामा एउटा सानो भूमिका पाएकामा म कृतज्ञ छु ।’
आइरन म्यानमा अभिनय गरेका कलाकार रोबर्ट डाउनी जुनियरले ‘म तपाईंप्रति कृतज्ञ छु, तपाईंको शान्तिबास होस्’ भनेका छन् । क्याप्टेन अमेरिकामा अभिनय गरेका क्रिस इभान्सले अब अर्को स्टान लीको जन्म सायद हँुदैन भन्नुभएको छ । उनले भने ‘दशकौँंसम्म स्टानले युवा र वयस्क उमेरका सबैलाई समान किसिमबाट साहस, पलायन, आत्मविश्वास, उत्प्रेरणा, सामथ्र्य, मित्रता र आनन्दित तुल्याउनुभयो ।’ मार्भेल स्टुडियोका प्रमुख केभिन फाइजले स्टानको निधनले विश्वमै एउटा रिक्तता सिर्जना गरेको बताएका छन् ।

Comments