सन्तोषदेखि विल्सनसम्म सोनिकाको कामुकतामा मख्ख (भिडियो)
screennepal
प्रकाशित: २०७५, १६ कार्तिक शुक्रबार
no img

नेपाली फिल्म ‘चौका दाऊ’को नयाँ गीत ‘मेरो मायाँ कतारमा सँधै हतारमा’ रिलिज गरिएको छ । निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको भिडियोलाई यु–ट्युबमार्फत रिलिज गरेको हो ।
आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो फिल्मलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो । फिल्मका कथाकार एवं परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यो गीतको संगीत गरेका हुन् । श्रीपुरुष ढकालको शब्द रहेको उक्त गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गाएका छन् ।

सार्वजनिक आईटम गीतमा सोनिका केसीको निकै कामुकशैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनिकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राईलगायत लठ्ठिएको दृश्य हेर्न पाइन्छ । गीतको नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका हुन् । गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् ।
यो फिल्ममा वर्षा राउत, अजश्र ढुंगाना, विल्सनविक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसीलगायतको अभिनय छ । दीर्घ गुरुङको छायाँकन रहेको यो फिल्ममा मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ । चलचित्रलाई सौर्यजीत बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् ।

Comments