बान्की परेकी मनिषा (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, १४ कार्तिक बुधबार
no img

काठमाडौं । अधिकांश युवापुस्ताको रोजाइमा पर्ने मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । त्यस्तै, मोडलिङमा करिअर बनाउन उद्देश्यसहित मनिषा सापकोटा संर्घषरत छिन् ।
नृत्य तथा अभिनयमा पोख्त मनिषा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् । चिटिक्क बान्की परेको शरीर र सुन्दर मुहार मनिषाको पहिचान हो । उनी मेहनतका साथ अभिनय र कलालाई निखारर्दै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।


काठमाडौं धुम्बाराहीकी मनिषा दुई बर्षदेखि मोडलिङमा छिन् । राम्रो चलचित्र र म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको उनी बताउँछिन् । सानैदेखि मोडल तथा नायिका बन्ने सौख र रुचि राख्दै आएकी मनिषाले भनिन्, ‘म आफूलाई अभिनयमा अब्बल दर्जामा राख्न कोशिस गर्दैछु ।’


केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी मनिषाले टिभी एड र टेलिसिरीयलहरुमा अभिनय गरिसकेकी छन् । केही फेशन शोहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मनिषा भन्छिन, ‘अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न चाहन्छु ।’
स्नातक तहमा अध्ययनरत मनिषा मोडलिङमा परिवारको समेत साथ र सहयोग मिलेको बताउँछिन् । उनी अभिनित केही म्युजिक भिडियो चाँडै बजारमा आउँदैछ ।

Comments