रक्सीको नशामा होस गुमाउँदा यी अभिनेता प्रहरीको फन्दामा
screennepal
प्रकाशित: २०७५, ९ आश्विन मंगलवार
no img

बलिउडका एक अभिनेता रक्सीको नशामा गाडी चलाउँदा प्रहरीको फन्दामा परेका छन् । बलिउडमा राम्रै कहलिएका अभिनेता दलीप ताहिलले रक्सी खाएर गाडी चलाउँदा एक अटो–रिक्सालाई ठक्कर दिएका छन् । उक्त ठक्करबाट अटो–रिक्सामा सवार दुई जना गम्भीर घाइते भएका छन् । गएराति उक्त दुर्घटना भएको हो । घटनापछि अभिनेता दलीपलाई प्रहरी हिरासतमा लिएको छ ।
केही हिट फिल्ममा अभिनय गरेका दलीप ताहिललाई प्रहरीले सोमबार राति नै नियन्त्रणमा लिएको थियो । एक रिपोर्टअनुसार सोमबार राति दलीपले रक्सीको नशामा लठ्ठ भएर गाडी चलाएका थिए । उनले आफ्नो गाडी अटोरिक्साको भीडमा लगेर ठोकाएका थिए । उक्त ठक्करबाट अटोरिक्सामा सवार २१ वर्षीय जेनिता गान्धी र उनका साथी गौरव घाइते भएका छन् । उक्त घटनामा जेनिताको गर्दन र पीठमा गहिरो चोट लागेको छ ।
समाचारमा बताइएअनुसार अटोरिक्सालाई ठक्कर दिएपछि दलीप भाग्ने प्रयास गरेका थिए । तर भीडक ाकारण उनी उम्किन पाएनन् । पक्राउ परेका अभिनेताले आफूले गल्ती गरेको भन्दै माफी मागेको प्रहरीले जनाएको छ । यस घटनाबारे प्रहरी इन्स्पेक्टर सञ्जयले भने, ‘दलीपको ब्लड टेस्ट गर्न मानेका छ्रनन् । उनले रक्सी खाएको देखिएको छ । अहिले अनुसन्धान भइरहेको छ ।’

Comments